काठमाडौं ।नेपाली कांग्रेसका सभापती गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सर्लाही–४ का मतदाताप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्। उनले आफूलाई माया, विश्वास र मत दिएका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका हुन्।
थापाले उक्त क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्र रहेर निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनका अनुसार जनताको विश्वासलाई कायम राख्दै विकास र जनहितका कामलाई प्राथमिकता दिइनेछ।
उनले सन्देशमार्फत सर्लाही–४ का जनताले दिएको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।