जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएका छन्। यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीले १७ हजार ६ सय ३६ मतान्तरले पराजित गरेका हुन्।
चौधरीले ३२हजार८ सय ७५ मत प्राप्त गर्दै विजय भएका छन् भने यादवले १५हजार २ सय ३९ मत प्राप्त गरी पराजित भएका छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादवले ८ हजार ४ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत प्राप्त गरेका छन्। त्यसैगरी जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८ सय ६९ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अरुण कुमार शाहले १हजार ६ सय ३५ मत प्राप्त गरेका छन्।