जनकपुर। मधेस प्रदेशमा प्रत्यक्षतर्फ ३० सिट जितेर पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ समेत पहिलो बन्ने भएको छ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाले तीन लाख ९६ हजार ३९९ मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ८६ हजार २५१ मत प्राप्त गरी दोस्रो स्थानमा छ। ६२ हजार ७९० मत प्राप्त गरी नेकपा एमाले तेस्रो स्थानमा छ।
जनता समाजवादी पार्टीले ३४ हजार ७२४, नेपाली कम्युनिस्ट पार्टीले २३ हजार १८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ हजार ७७७, जनमत पार्टीले ११ हजार १७३, राष्ट्र निर्माण दलले आठ हजार ९१‚ राष्ट्रिय मुक्ति पार्टीले पाँच हजार ६०९, राष्ट्रिय परिवर्तन पार्टीले चार हजार ५१३, नेपाल संघीय समाजवादी पार्टीले चार हजार ४००, श्रम संस्कृति पार्टीले दुई हजार ६८२,नेपाल संरक्षण पार्टीले दुई हजार १२९ मत प्राप्त गरेका छन्।
त्यसैगरी, आमजनता पार्टीले एक हजार ६८२, नेपालका लागि नेपाली पार्टीले एक हजार ४९३, प्रगतिशील लोकतान्त्रिक पार्टीले ८३३, सार्वभौम नागरिक पार्टीले ८५१, राष्ट्रिय एकता पार्टीले ७०५, नेपाल मजदुर किसान पार्टीले ६०४ र नेपाल जनता पार्टीले ६०१ मत प्राप्त गरेका छन्।