काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
अ+
अ-

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ ।

केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

सार्वभौम संसदका माननीहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुनेमा पनि उनले जोड दिए।