काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

सेयरबजार

२६५३.४० विन्दुमा अडिँदै साताको बिदाइ

१९ असार २०८३
अ+
अ-

काठमाडौँ। साताको अन्तिम तथा पाँचौँ कारोबार दिन आज (शुक्रबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ८.३० अंकले घटेर बन्द भयो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्से अघिल्लो साता पूरै पाँच कारोबार दिन घटेको थियो। हिजो (बिहीबार) ८.७८ अंकले बढेको थियो। बुधबार पनि नेप्से ४४.५९ अंकले बढेको थियो। मंगलबार २४.६३ अंकले घटेको थियो भने सोमबार पनि १६.५४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३१ प्रतिशतले घट्दै नेप्से २६५३.४० विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५७ प्रतिशतले घटेको छ।

सेयरबजारमा शुक्रबार ३४५ कम्पनीको ४६ हजार २३४ पटकको कारोबारमा ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार चार अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँको कारोबार भयो। बिहीबार चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँको कारोबार भएको थियो। बुधबार भने तीन अर्ब ८५ करोड ६७ लाख पाँच हजार ८५० रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज १०४ कम्पनीका सेयरमूल्य बढे। १५९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (शुक्रबार) १३ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढ्दा बाँकी सात समूहका सूचक घटे।

जसअनुसार नेप्सेमा शुक्रबार वाणिज्य बैंक समूहको सूचक ०.९६ प्रतिशतले घट्यो। विकास बैंक ०.०० र फाइनान्स समूहको सूचक १.०६ प्रतिशतले बढ्यो।

यस्तै होटेल तथा पर्यटन समूहको सूचक ०.३८ प्रतिशतले घट्यो‚ जलविद्युत् समूहको सूचक ०.१६ प्रतिशतले बढ्यो भने लगानी ०.६२‚ जीवन बिमा ०.७१ र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४४ प्रतिशतले घट्यो। लघुवित्त समूहको सूचक ०.१५ प्रतिशतले बढ्यो। म्युचुअल फन्ड समूहको सूचक ०.२० प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ०.०७ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.१३ प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने ०.५३ प्रतिशले बढ्यो।

नेप्सेमा शुक्रबार सानीगाड हाइड्रो लिमिटेडको सेयरमूल्य १५ प्रतिशतले बढ्यो। अर्थात् सानीगाडको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १३.६५ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज कृषि विकास बैंकको बन्ड अग्रस्थानमा रह्यो। शुक्रबार यसको ४३ करोड रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कृषि विकास बैंकको बन्ड नै अगाडि रह्यो। शुक्रबार यसको चार लाख ३० हजार कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता १००० रुपैयाँ कायम रह्यो।