काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

मन्त्रिपरिषद् निर्णय

२४ असार २०८३
गोविन्दबहादुर कार्की।
अ+
अ-

काठमाडौँ। सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।

मुख्यसचिव सुमनराज अर्याल यही २६ असारदेखि अनिवार्य अवकाशमा जाँदै छन्।