काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
सरकारका प्रवक्ता सस्मित पोखरेल।
अ+
अ-

काठमाडौँ। सरकारले बुधबार विभिन्न आठवटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।

बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै कारागार नियमावली, २०८३ पनि पारित गरिएको छ।

सरकारले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (०८३/८४-०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (०८२/८३-०८७/८८) समेत स्वीकृत गरेको छ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यी हुन् सरकारले आज (बुधबार) गरेका आठ निर्णय :
१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य (काठमाडौँ) लाई नियुक्त गर्ने।
२. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।
५. कारागार नियमावली,२०८३ स्वीकृत गर्ने।
६. मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/०८४-२०८७/८८) स्वीकृत गर्ने।
७. भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) स्वीकृत गर्ने।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य-सचिव पदमा नियुक्ति गर्ने।