काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। विशेष महाधिवेशनको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मौजुदा समिति विघटन र मंसिरको अन्तिममा विशेष महाधिवेशन गर्ने प्रस्ताव राख्ने छन्।

आइतबार भएको पदाधिकारी बैठक र बुधबार भएको स्थायी कमिटीले विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो।

सो प्रस्ताव पारित भए अध्यक्ष दाहालको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बेन्ने छ। जेन जी विद्रोहपछि नया नीति र नेतृत्व आवश्यक परेको भन्दै विशेष महाधिवेशन गर्ने माओवादीले जनाएको छ।