काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। काठमाडौं महानगरपालिका-५ पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम जारी छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले पार्क बनाउन थालेको हो।

स्पोर्ट्स पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछन्। बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको ठेक्का लिएको छ।

२०८१ साउन १६ गते काम सुरु गरिएकोमा २०८२ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको छ।