जेन-जी आन्दोलनको मागअनुसार विघटित प्रतिनिधिसभाको चुनाव २१ फागुनमा हुँदै छ।

१० मंसिर २०८२
खगेन्द्र सुनार (बायाँ) र अनुपकुमार उपाध्याय। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा खुलेको उज्यालो पार्टी नेपाल र हाम्रो नेपाली पार्टीबीच आगामी प्रतिनिधिसभाको निर्वाचन संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।

हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारका अनुसार एकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो। “उज्यालो पार्टी नेपालको चुनाव चिह्न बिजुलीको चिमबाटै प्रतिनिधिसभाको चुनाव लड्ने सहमति भएको छ‚” सुनारले नेपालन्युजसँग भने।

हाम्रो नेपाल र उज्यालो पार्टी नेपाल जेन-जी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका हुन् । जेन-जी आन्दोलनको मागअनुसार विघटित प्रतिनिधिसभाको चुनाव २१ फागुनमा हुँदै छ।

यसैबीच अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी‚ राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एउटै चिह्नबाट चुनाव लड्ने सहमति गरेका छन्।

जसपा अध्यक्ष राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो र नाउपा नेपालका संरक्षक चौधरीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन गएको आइतबार मात्र सहमति गरेका हुन्।

साझा चुनाव चिह्नका लागि नाउपा नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने तीन दलबीच सहमति जुटेको छ। उनीहरुले विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन्।

यो पनि…

दल दर्ताका लागि चार दिन थपियो

राई‚ महतो र चौधरीको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आइतबार एकता