काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

१७ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका ४‚ बालुवाटारबाट नगद र गरगहना चोरेर फरार दुर्गाबहादुर केसी पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्ट्रोम नेटवर्क प्रालिको ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको आठ लाख ५८ हजार रुपैयाँ चोरी गरेका काठमाडौँ खुर्सिनीटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले यही १२ पुसमा रकम चोरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिए।

यही १२ पुसको राति चोरी गरी फरार रहेका केसीलाई खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ। उनको साथबाट प्रहरीले ६५ लाख १७ हजार रुपैयाँसहित चाँदीको ब्रास्लेट १५ थान, चाँदीको सिक्का २८ थान‚ चाँदीजस्तो देखिने सेतो धातु एक थान र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको छ।