काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

काठमाडौँ। राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२६’ सुरु भएको छ।

इभेन्ट सोलुसन प्रालिको आयोजनामा भएको यो एक्स्पो नेपालकै पहिलो र बृहत् पारिवारिक उत्सव हुने अपेक्षा गरिएको छ। नयाँ अभिभावक, बालबालिका र सम्पूर्ण परिवारका लागि आवश्यक सामग्री तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

माघ ५ गतेसम्म चल्ने यस प्रदर्शनीमा शिशुका लागि आवश्यक पोषण‚ लत्ताकपडा‚ खेलौना‚ शिक्षा‚ स्वास्थ्य सेवा र मातृ स्वास्थ्यसँग सम्बन्धित १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका स्टल छन्।
हेर्नुहोस् थप तस्बिर :