काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

३ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए।

आजको सचिवालय बैठकबाट फागुन २१ गते हुने प्रतिनिधस सभा निर्वाचनका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन्।

उम्मेदवार छनोटका लागि पार्टीका तल्लो तहका कमिटीहरूले यसअघि नै गृहकार्य गरिसकेका छन्।

निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका नामहरूमाथि छलफल गरी सचिवालयले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ।