काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्।

उनले आज (सोमबार) पार्टीको टिकट पाएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले नेपालन्युजलाई जानकारी दिए।

यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुंगो लगाउँदा काठमाडौं ५ को भने अध्यक्षले पछि निर्णय गर्ने भन्दै खाली राखिएको थियो।

शाहीका अनुसार अब एमाललेले काठमाडौँ क्षेत्र नम्बर ४ र दाङ क्षेत्र नम्बर १ को उम्मेदवार टुंग्याउन बाँकी छ।