निर्वाचन
काठमाडौँ। देशभरि प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता भइरहेको छ। अपराह्न साढे ४ बजेसम्म देशभरि दुई हजार १७ जना उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्।
१६५ निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। आयोगले बेलुकी ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।
निर्वाचन आयोगका सह-प्रवक्ता कुलबहादुर जीसीका अनुसार देशैभरि उत्साहपूर्वक मनोनयन दर्ताको काम भइरहेको छ। २१ फागुनका लागि तोकिएको चुनावमा मंगलबार देशैभरि विभिन्न राजनीतिक दलले उम्मेदवारी दिँदै छन्।
निर्वाचन आयोगले मनोनयन दर्ताको क्रममा सम्पत्ति विवरणका साथै स्वघोषणाको फाराम पनि भराएको छ।