काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौं । लामो समयदेखि डडेलधुरालाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले यसपटक प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्।

देउवाको यो निर्णयसँगै कांग्रेसले डडेलधुरा क्षेत्रबाट नैनसिंह महरलाई उम्मेदवार बनाउने भएको छ।

सात पटकसम्म लगातार चुनाव जित्दै आएका देउवाले सक्रिय निर्वाचन राजनीतिबाट एक कदम पछाडि हट्दै पार्टीभित्र संरक्षकको भूमिकामा रहने संकेत दिएका छन्। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पनि देउवालाई अभिभावकीय जिम्मेवारीमा रहन आग्रह गर्दै आएको थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अघि नै देउवाको सचिवालयले उनको चुनाव नलड्ने निर्णय सार्वजनिक गरेको हो। यससँगै डडेलधुरामा कांग्रेसले नयाँ अनुहार अघि सार्दै नैनसिंह महरलाई प्रतिस्पर्धामा उतारेको छ।
२०४८ सालदेखि डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवाको अनुपस्थितिले यस क्षेत्रको राजनीतिक समीकरणमा नयाँ बहस र चासो पैदा गरेको छ।