काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

जनकपुर। जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षी झालाई महोत्तरी ३ बाट उम्मेदवार बनाएका छन्।

मिनाक्षले आज महोत्तरीको जलेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनबाट महन्थ यहीँ निर्वाचित भएका थिए।

यसपटक भने उनले राष्ट्रिय सभामा उम्मेदवारी दिएका छन्। छोरीलाई त्यही क्षेत्रको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाएका छन्। बुबाको क्षेत्रबाट मिनाक्षी जसपा नेपालका तर्फबाट मनोनयन दर्ता गराइन्।

मनोनयन दर्ताका समयमा महन्थ पनि मिनाक्षीसँगै थिए। महन्थले सञ्चारकर्मीहरूसँग कुरा गर्दा आफूले लोकतन्त्रको आन्दोलनमा लागेर सबैथोक गुमाएको बताउँदै अहिले आएर आफ्नो केही पनि नरहेको र छोरीको साथ बस्दै आएको बताए। उनले उम्मेदवार बनाउँदा यसको आलोचना हुनु गलत रहेको प्रतिक्रिया दिए।

मिनाक्षीले भने महोत्तरीमा विकास धेरै भएको र आफू बाँकी रहेको विकास र अधिकारका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताइन्।