काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
काठमाडौं ५ मा नेकपाबाट मनोनयन दर्ता गराउँदै कल्पना शर्मा।
अ+
अ-

काठमाडौँ। २१ फागुनको निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रारम्भिक तथ्यांकमा २‚६५५ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार यो ५ बजेसम्मको तथ्यांक हो। अझै पनि थपिने आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

६ माघमा दर्ता गरेको प्रत्यक्ष उम्मेदवारीमा पुरुषको संख्या २‚३५२ जना र ३०३ जना महिला छन्। देशभरिको प्रारम्भिक नतिजामा प्रत्यक्ष निर्वाचनतर्फ ११ प्रतिशत महिला उम्मेदवार छन्।

राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई प्राथमिकतामा नराख्दा संख्या कम हुने गरेको छ। यसपटकको निर्वाचनमा मात्रै नभएर अघिल्लो पटकको निर्वाचनमा महिला उम्मेदवारको संख्या कम थियो।

कतिपय राजनीतिक दलले महिलालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको सूचीमा मात्रै राखेका छन्।

यो पनि…

प्रत्यक्षमा फेरि पनि पत्याइएनन् महिला