काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१० माघ २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिमाथि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

निर्वाचनको संवेदनशील समयलाई ध्यानमा राख्दै पाण्डेले फेसबुकमार्फत भनेका छन् कि नेतृत्वको भूमिका पार्टीलाई एकढिक्का बनाउने हुनु पर्ने हो, न कि कार्यकर्ताको मनोबल घटाउने। उनले यो समय सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने बेला भएको स्पष्ट पारेका छन्।

पाण्डेका अनुसार आफ्नै सहकर्मीलाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता होइन। पार्टीले सामना गर्नुपर्ने चुनौती बाह्य भए पनि त्यसको समाधान संस्थागत निर्णय र सामूहिक विचारको आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले टिकट वितरणको निर्णय पार्टी हितका लागि गरिएको उल्लेख गर्दै, पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्पलाई कमजोर बनाउने चेतावनी दिएका छन्। साथै, वैचारिक असहमति राख्ने नेताहरू पनि पार्टीमा समान सम्मान पाउने र मत फरक भएको आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको बताए।

पाण्डेले थपे, टिप्पणीको खण्डनमा समय खर्च गर्नुको सट्टा आफू पूर्ण रूपमा एमालेका उम्मेदवारलाई जिताउन र संगठनको साख जोगाउन सक्रिय रहेको छन्।