काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काभ्रे। काभ्रेको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका ४‚ लामिडाँडामा बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक जुगल गाउँपालिका ५‚ सिन्धुपाल्चोकका २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल-दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र ०२-०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ख ८४३ नम्बरको बस ठोक्किएर मोटरसाइकल चालक सख्त घाइते भएका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।

तामाङका अनुसार सख्त घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।