काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश आइपुगेका छन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव‚ प्रधानमन्त्री सुशीला कार्की‚  गृहमन्त्री ओमप्रकाश अर्याल‚ कानुनमन्त्री अनिलकुमार सिन्हा‚ रक्षामन्त्री बालानन्द शर्मालगायत विशिष्ट व्यक्तित्वले स्वागत गरेका थिए।

हेर्नुहोस् थप तस्बिर :