रास्वपा उम्मेदवार सेख सगिरको प्रचारमा हिँडेको गाडीले दियो बालिकालाई ठक्कर
रौतहट। रौतहटमा गाडीको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको छ।
रौतहट २ का रास्वपा उम्मेदवार सेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले अल्फालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
रौतहटको ईशनाथ नगरपालिका ४‚ मठियाटोलमा बिहीबार दिउँसो बा.१५च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो।
कारको ठक्करपछि सख्त घाइते अल्फालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए।
घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए। त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। गौरमा अल्फालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद बस्यालले फरार चालकको खोजी भइरहेको छ।