काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन्।

झापावासीहरूसँगको बुधबार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सम्भवतः’ निर्वाचन २१ फागुन मै हुने बताएका हुन्।

“यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ। चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो। एमाले नै जित्नुपर्ने पार्टी हो ” ओलीले भने।

यसअघि ओलीले  निर्वाचन हुने वातावरण बन्न नसकेको बताउँदै आएका थिए।

अध्यक्ष ओलीले देशभक्तिको प्रतिनिधित्व गर्ने, आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएकाले निर्वाचनमा एमालेले नै जित्ने बताए।