काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

ढाका। तारिक रहमानले बंगलादेशको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन्। उनी बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष पनि हुन्। नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र राष्ट्रपति मोहम्मद सहाबुद्दिनको उपस्थितिमा शपथ ग्रहण समारोह भएको हो।

बीबीसी बंगलाका अनुसार इतिहासमा पहिलोपटक खुला आकाशमुनि मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह आयोजना गरिएको हो।

बंगलादेशमा २१ फेब्रुअरीमा आमचुनाव भएको थियो। चुनावमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो। जमात-ए-इस्लामी गठबन्धनले भने ७७ सिट मात्र प्राप्त गरेको थियो।

बंगलादेशको अन्तरिम सरकारले १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको छ। मुख्य सल्लाहकार मुहम्मद युनुसले सोमबार रातिको बिदाइ सम्बोधनमा आफ्नो राजीनामाको घोषणा गरिसकेका थिए।