काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल फागुन ६ गते बुधबार फागुन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी १८ तारिख। ग्याल्पो ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: आज महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ ।

वृष: आज अप्ठ्यारा परिस्थितिसँग जुझारु भई काम गर्नु पर्ने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।

मिथुन: आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट: इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

सिंह: समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।

कन्या: लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला: कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

वृश्चिक: सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

धनु : मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ ।

मकर: नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कुम्भ: मुद्दा-मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

मीन: व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।