काठमाडौँ। इस्लाम धर्मावलम्बीको मुख्य पर्व रमजान सुरु भएको छ। यो पर्वमा इस्लाम धर्मावलम्बी एक महिनासम्म दिनभरि निराहार रोजा (उपवास) बसी नमाज पढ्ने गर्छन्।
हिजरी संवतको नवौँ महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ।
सामान्यत: आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका लागि बिजेन अमात्यले खिचेका थप तस्बिर :
