काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

९ फाल्गुन २०८२
तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्की लुम्बिनी पुगेकी छन्।

लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुख तथा निर्वाचनसम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिइन्। त्यसलगत्तै उनले लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गरेकी हुन्।

 

त्यस क्रममा प्रधानमन्त्री कार्कीले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया पनि गरेकी थिइन्। कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिएकी थिइन्।