काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनको बेला तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनले भने, “मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ।”
आयोगले सिफारिस गरेपछि यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदैछ।