काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको तारकेश्वरको एक घरमा चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

आइतबार दिउँसो तारकेश्वर नगरपालिका १० मनमैजु मन्दिर नजिकैको एक घरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार चितुवाको आक्रमणमा परेर मनमैजुको नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीया मायानाथ वाग्ले घाइते भएका छन्। घटनापछि घाइतेको उपचारको लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

एसपी भट्टराईका अनुसार  चितुवालाई घरमै थुनेर राखिएको र वनको टोलीलाई उद्दारको लागि बोलाइएको छ।