काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१४ फाल्गुन २०८२
अ+
अ-

नवलपरासी। नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराए। उनले ठकुरीलाई खादामालाले स्वागत गरे।

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन्।