काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगमले बिदाका दिनमा पनि डिपो खुल्ने जनाएको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सरकारले निर्वाचनका लागि तीन दिन बिदा दिएको र यो सातामा अन्य दिन पनि बिदा रहेकाले इन्धनको सहज आपूर्तिका लागि डिपो खुल्ने भएको हो।

निगमले बिदाको अवधिभर पेट्रोलिमय पदार्थको सहज आपूर्ति तथा वितरणका लागि प्रादेशिक कार्यालय र डिपो/शाखा कार्यालयहरू खुला रहने जनाएको हो। निगमका अनुसार बिदाका दिनमा देशभरका ११ वटा डिपो खुला रहनेछन्।

बिदामा कोसी प्रादेशिक कार्यालय विराटनगर‚
मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज‚ इन्धन डिपो धनुषाको महेन्द्रनगर‚ बागमती प्रादेशिक कार्यालय थानकोट‚ गण्डकी प्रादेशिक कार्यालय पोखरा‚ लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा‚ इन्धन डिपो नेपालगन्ज‚ कर्णाली प्रादेशिक कार्यालय सुर्खेत‚ सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी‚ शाखा कार्यालय चारआली झापा र शाखा कार्यालय वीरगन्ज खुला रहने प्रवक्ता ठाकुरले जानकारी दिए।

साथै निगमको थानकोट डिपोबाट मिति १८ फागुनको बिदाको दिनमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने प्रवक्ता ठाकुरले आइतबार विज्ञप्तिमार्फत जानकारी दिए।