काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर।
अ+
अ-

काठमाडौँ। निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गरेकी छन्।

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै तुलाधरले सबै तहका सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गरेकी हुन्।

आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वाससमेत व्यक्त गरेकी छन्।