काठमाडौँ। संयुक्त अरब इमिरेट्सले ड्रोनको भग्नावशेष लागेर नेपाली घाइते भएको जनाएको छ। अबुधावीका अधिकारीहरूले ‘आईसीएडी टु’ औद्योगिक क्षेत्रमा सो घटना भएको जनाएका छन्।
सो घटनामा ६ जना नेपाली र पाकिस्तानी नागरिक घाइते भएको बताइएको छ। घाइते मध्ये कति नेपाली नागरिक हुन खुलाइएको छैन। घाइतेहरू सामान्य देखि गम्भीर अवस्थामा रहेको जनाएको छ।
यसअघि पनि ड्रोनलाई निष्कृय गर्ने क्रममा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा युद्ध सुरू भएको छ। इरानले अमेरिकाको सैनिक शिविर रहेको खाडीका देशहरू नियमित रुपमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ।