काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ बजेसम्म ४५.२ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९.४२ प्रतिशत मत खसेको छ।

त्यसैगरीमा मुगुमा ५५.४२, हुम्लामा ५२.९१, रुकुमपश्चिममा ५०.६१, जाजरकोटमा ४९.७५, जुम्लामा ४७.६७, कालीकोटमा ४२.६४, सल्यानमा ३८.४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागार्इंले जानकारी दिए।

उनका अनुसार सुर्खेत क्षेत्र १ मा ४८.२५, क्षेत्र २ मा ४६.११, दैलेख क्षेत्र १ मा ३७.३३ र क्षेत्र २ मा ३५.२७ प्रतिशत मत खसेको छ। कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। -रासस