झापा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा जिल्लामा आज दिउँसो ४ बजेसम्म ५९ दशमलव ६७ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख २५ हजार ७३७ मत खसेको छ। झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्।
क्षेत्रगत विवरण अनुसार क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ६१.१० प्रतिशत मतदान भएको छ भने क्षेत्र नम्बर २ मा ६०.६३ प्रतिशत मतदान भएको छ। यस्तै क्षेत्र नम्बर ४ मा ५८.९६ प्रतिशत, क्षेत्र नम्बर ३ मा ५८.६६ प्रतिशत र क्षेत्र नम्बर १ मा ५८.५५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ। जिल्लाभरका मतदान केन्द्रमा मतदाताको उपस्थिति उत्साहजनक देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।