काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ९‚ भीमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा मोटरसाइकल दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका ९‚ हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०५००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकमा यात्रारत चौदण्डीगढी नगरपालिका ५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक निरन्जन थापाले जानकारी दिए।