काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

विराटनगर। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज दिउँसो १ बजेसम्म करिब २९.५५ प्रतिशत मतदान भएको छ।

आज बिहानदेखि नै मतदाता मतदान केन्द्रतर्फ उत्साहका साथ पुगेका छन्। बिहान ६ बजेदेखि मतदान प्रक्रिया सुरु भएलगत्तै विभिन्न केन्द्रमा मतदाताको लाम देखिएको थियो।

जिल्लाभर रहेका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। यस निर्वाचनमा मोरङबाट ११० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसपटक मोरङमा सात लाख ८३ हजार ५० मतदाता छन्। उनीहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको चहलपहल बढेको देखिएको छ भने दिउँसोसम्म मतदानदर बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।