जनकपुर। सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ३२.६८ प्रतिशत मत खसेको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहँदा २ बजेसम्ममा १ लाख ४३ हजार ५३६ जनाले मतदान गरेका छन्।
मतदान गर्ने मतदातामा ७५ हजार ७४९ जना महिला, ६७ हजार ७८३ जना पुरुष र चारजना अन्य मतदाता छन्।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार क्षेत्र नम्बर १ मा ३२.८ प्रतिशत, क्षेत्र नम्बर २ ३७.४ प्रतिशत, क्षेत्र नम्बर ३ मा २८.४ प्रतिशत र क्षेत्र नम्बर ४ मा ३२.५ प्रतिशत मत खसेको छ।