काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

विराटनगर। मोरङ ४ अन्तर्गत पर्ने कटहरी गाउँपालिकाका चारवटा वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीले अग्रता कायम गरेका छन्।

कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न हुँदा राजवंशीले सात हजार ३३६ मत प्राप्त गरेका छन्। उनलाई नेकपाका उम्मेदवार अमनलाल मोदीले एक हजार ४७४ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले एक हजार ३२६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले ८१० मत पाएका छन्।

हाल कटहरी गाउँपालिकाकै वडा नम्बर ५, ६ र ७ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।