काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
मतगणना गरिँदै। तस्बिर : रासस
अ+
अ-

सोलुखुम्बु। सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि शुक्रबार राति पौने ९ बजेदेखि मतगणना सुरु गरिएको हो।

जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका संकलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ। उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो। मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता छन्।

भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो।

यो पनि…

कोसी प्रदेश : तराईमा ‘घण्टी’‚ पहाडमा ‘माटो’