काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादर बस्नेतले पार्टी छाडेका छन्।

हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले आज (शुक्रबार) बिहान फेसबुक पेजमा लेखेका छन्, ‘मैले बुझेँ- पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन। अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ।’

२३ र २४ भदौमा देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतपछि नयाँ राजनीतिक अभियानमा सहभागी भएको उल्लेख गर्दै बस्नेतले अब स्वतन्त्र बनेको घोषणा गरेका छन्। उनी गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक तथा केन्द्रीय सदस्य थिए।

यो पनि…

गति नभएको गतिशील पार्टी