काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुन अगाडि छन्।
त्रिभुज चिह्न लिएर उम्मेदवार बनेका पुनले हालसम्म एक हजार ३८१ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ ८४५ मतसहित दोस्रो स्थानमा छन्। निर्वाचन आयोगका अनुसार उनीपछि नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ७३३ मत पाएका छन्।