काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको गढ मानिने मोरङको ६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाँचजना उम्मेदवार प्रारम्भिक मतगणनामा अगाडि देखिएका छन्।

मोरङ क्षेत्र १, २, ४, ५ र ६ नम्बर क्षेत्रमा रास्वपा अगाडि देखिएको छ। ३ नम्बर क्षेत्रमा श्रम संस्कृति पार्टीका अमिर मगर ५९० मतसहित अगाडि देखिएका छन्। यस क्षेत्रमा रास्वपाका गणेश कार्की २८३ मतसहित तेस्रो स्थानमा र यसअघि चुनाव जितेका नेपाली कांग्रेसका सुनील शर्मा ३२८ मतसहित दोस्रो स्थानमा छन्।

मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने ४१२५ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका खड्ग फागो १८३३ मतसहित तेस्रो र नेकपा एमालेका घनश्याम खतिवडा १४९८ मतसहित चौथोमा देखिएका छन्। यो क्षेत्रमा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा २८१७ मतसहित दोस्रो स्थानमा छिन्।

मोरङ २ मा पनि रास्वपाकै कृष्णकुमार कार्की २७०९ मत बटुलेर अग्रस्थानमा छन्। एमालेका दिलीपकुमार अग्रवाल ९०६ मतसहित दोस्रो र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल ७५६ मतसहित तेस्रो स्थानमा छन्।

मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी ११‚५९७ मतसहित जितको नजिक पुगेका छन् भने नेपाली कांग्रेसका गुरुराज घिमिरे २६५२ मतसहित दोस्रो र यसअघि चुनाव जितेका नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी २४३१ मतसहित तेस्रो र एमालेका जीवन घिमिरे १९६४ मतसहित चौथो स्थानमा छन्।

मोरङ ५ मा पनि रास्वपाकै आशा झा ५‚१०५ मतले अगाडि छिन्। यो क्षेत्रमा जनता समाजवादी पार्टीका राजकुमार यादव २‚३५८ मतसहित दोस्रो, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डल १८७३ मतसहित तेस्रो र कांग्रेसका फूलकुमार लालवानी १४९७ मतसहित चौथो र एमालेका मनोजकुमार अग्रवाल ९१० मतसहित पाँचौँ स्थानमा छन्।

मोरङ ६ मा पनि रास्वपाकी रुबिना आचार्य ६६०१ मतले अगाडि छिन्। कांग्रेस नेता तथा गत निर्वाचनका विजयी उम्मेदवार शेखर कोइराला १‚४२७ मतसहित निकै पछाडि छन्। एमालेका विनोद ढकालले १‚३४४ मत ल्याएर शेखरलाई पछ्याइरहेका छन्।