काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशभर प्रभाव देखिएको छ। ‘घण्टी’ चुनाव चिह्नमा मतदाताको आकर्षण बढ्दा रास्वपाले ४३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
पार्टी सभापति रवि लामिछानेसहित रास्वपाका उम्मेदवारहरूले विभिन्न स्थानमा परम्परागत दलका शीर्ष नेताहरूलाई पछि पार्दै अग्रता लिइरहेका छन्।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न ४३ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
कुन निर्वाचन क्षेत्रमा को अगाडि ? (प्राप्त मतसहितको सूची):
१. रन्जु न्यौपाने – काठमाडौं १ (१२०७८ मत)
२. विराज भक्त श्रेष्ठ – काठमाडौं ८ (७६१७ मत)
३. सन्तोष राजवंशी – मोरङ ४ (७३३६ मत)
४. सुलभ खरेल – रूपन्देही २ (७१५१ मत)
५. गणेश पराजुली – काठमाडौं ७ (६३४६ मत)
६. अरबिन्द साह – बारा ३ (६१३७ मत)
७. प्रदिप विष्ट – काठमाडौं १० (६०४२ मत)
८. मनिष झा – धनुषा ३ (५२७८ मत)
९. उत्तम प्रसाद पौडेल – कास्की २ (५१७० मत)
१०. पुकार बम – काठमाडौं ४ (४८१६ मत)
११. देवराज पाठक – दाङ १ (३९५९ मत)
१२. सस्मित पोखरेल – काठमाडौं ५ (३७०० मत)
१३. शिशिर खनाल – काठमाडौं ६ (३६९६ मत)
१४. प्रमोद कुमार महतो – महोत्तरी १ (३५४७ मत)
१५. रुकेश रन्जित – भक्तपुर १ (३४५२ मत)
१६. रवि लामिछाने – चितवन २ (३२६५ मत)
१७. राजीव खत्री – भक्तपुर २ (३०६० मत)
१८. राजु नाथ पाण्डे – काठमाडौं ३ (२९६० मत)
१९. बिना गुरुङ्ग – कास्की ३ (२८५१ मत)
२०. सुरेश कुमार चौधरी – बाँके १ (२५७४ मत)
२१. धनन्जय रेग्मी – स्याङजा १ (२५५० मत)
२२. सोविता गौतम – चितवन ३ (२४८५ मत)
२३. गणेश धिमाल – बारा १ (२४४१ मत)
२४. दिपक राज बोहरा – कञ्चनपुर २ (२४२७ मत)
२५. तोसीमा कार्की – ललितपुर ३ (२३७९ मत)
२६. आशा झा – मोरङ ५ (२३५७ मत)
२७. खडक राज पौडेल – कास्की १ (२३०६ मत)
२८. यज्ञमणि न्याैपाने – मोरङ १ (२२६९ मत)
२९. सुनिल के.सी. – काठमाडौं २ (२१२६ मत)
३०. डा. लेखजंग थापा – रूपन्देही ३ (२०९० मत)
३१. इन्दिरा राना मगर – झापा २ (१५९९ मत)
३२. बालेन्द्र शाह (बालेन) – झापा ५ (१४७६ मत)
३३. खगेन्द्र सुनार – बाँके ३ (१३६९ मत)
३४. स्वर्णिम वाग्ले – तनहुँ १ (१३५२ मत)
३५. डोल प्रसाद अर्याल – काठमाडौं ९ (११५० मत)
३६. जनक सिंह धामी – कञ्चनपुर १ (९८३ मत)
३७. तौफिक अहमद खान – रूपन्देही ५ (९२५ मत)
३८. ज्ञानेन्द्र सिंह महता – कञ्चनपुर ३ (७८५ मत)
३९. आसिका तामाङ – धादिङ १ (५५४ मत)
४०. विमल पन्त – पाल्पा १ (५३३ मत)
४१. पारश मणि गेलाल – उदयपुर १ (४४९ मत)
४२. गणेश पौडेल – रौतहट ४ (४४३ मत)
४३. जगदिश खरेल – ललितपुर २ (२२८ मत)