काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकै अगाडि देखिएको छ।

समानुपातिकमा हालसम्म १९ हजार ७२८ मत गनिँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस छ। उसले तीन हजार ६६४ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार ७५२, नेकपा (एमाले)ले एक हजार १५२, श्रम संस्कृति पार्टीले ४४१ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ३९२ मत पाएका छन्।

प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष प्रणालीबाट १६५ सदस्य निर्वाचित हुन्छन् भने समानुपातिक प्रणालीबाट ११० जना चुनिन्छन्।

निर्वाचन आयोगका अनुसार, यसपालि कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ रहेकोमा एक करोड नौ लाख ७७ हजार ७११ जनाले मतदान गरेका छन्।