काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

रास्वपा उम्मेदवार धर्मराज केसी ११०० सय मत ल्याएर पहिलो स्थानमा

२२ फाल्गुन २०८२
पृथ्वी सुब्बा गुरुङ। फाइल तस्बिर
अ+
अ-

लमजुङ। लमजुङमा जारी मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार पृथ्वी सुब्बा गुरुङ नेपाली कांग्रेस र रास्वपा उम्मेदवारभन्दा दोब्बर मतले पछि परेका छन्।

पछिल्लो मतपरिणामअनुसार तीन हजार १३१ मतको गणना हुँदा एमाले उम्मेदवार गुरुङले ५१७ मत प्राप्त गरेका छन्।

कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ एक हजार १७ मत ल्याएर दोस्रो स्थानमा छन्। रास्वपाका उम्मेदवार धर्मराज केसी एक हजार १०० मत ल्याएर पहिलो स्थानमा छन्। नेकपा उम्मेदवार हरिजङ तामाङ २०६ मत ल्याएर चौथो स्थानमा छन्।

लमजुङमा हालसम्म दूधपोखरी गाउँपालिका २, ४, ५ र ६ गरी ४ वटा वडाको मतगणना भइसकेको छ। अहिले १ को गणना हुँदै छ।

लमजुङमा कुल एक लाख ३७ हजार १२४ मतदाता थिए। १३० मतदानस्थलको एउटा अस्थायीसहित १९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।