चितवन। पछिल्लो मतपरिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ। रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यसैगरी, नेकपा (एमाले)का शंकर थपलियाले ७४१ मत पाएका छन्।