काठमाडौँ। सुनसरीको बहुप्रतीक्षित निर्वाचन क्षेत्र ३ मा नेकपा (एमाले)की भगवती चौधरी र नेपाली कांग्रेसका विजय गच्छदारलाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी अगाडि बढेका छन्।
प्रारम्भिक मतगणनामा उनी ५५३ मत ल्याएर अगाडि छन्। यसअघि यही क्षेत्रबाट चुनाव जितेकी भगवती चौधरी २०५ मतसहित दोस्रो स्थानमा छिन्।
२०४८ सालदेखि लगातार चुनाव जितेर कीर्तिमान बनाएका र पछिल्लो चुनावमा मात्र पराजय भोगेका पूर्वउपप्रधानमन्त्री गच्छदार भने १७४ मतले तेस्रो स्थानमा छन्।