ढोरपाटन। बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरुआती अग्रता लिएका छन्।
शर्माले ८४१ मत पाउँदा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत पाएका छन्। कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो।
क्षेत्र १ मा भने सर्वदलीय बैठक सकिएपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन्।