काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
गगन थापा र अमरेशकुमार सिंह। फाइल तस्बिर
अ+
अ-

जनकपुरधाम। सर्लाहीको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले पछाडि परेका छन्।

निर्वाचन आयोगको २:३० बजेसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले एक हजार २३९ मत प्राप्त गरेर पहिलो स्थानमा  छन् भने गगनकुमार थापाले ७६८ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।

त्यसैगरी, तेस्रो स्थानमा जनमत पार्टीका राकेश मिश्रले २५९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले १८९ मत प्राप्त गरेका छन्।